इजरायलमा रहेका नेपालीबाट बहिरा विद्यार्थीलाई सहयोग

न्यूज सञ्जाल २३ मंसिर २०७६, सोमबार ०८:१७

सुरुङ्गा । इजरायलमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट फुटबल क्लबले झापा कनकाईस्थित विशेष शिक्षा बहिरा विद्यार्थीहरुका लागि जाडोमा लगाउने न्यानो कपडासँगै शैक्षिक सामग्री प्रदान गरेको छ । गत दीपावलीको अवसरमा इजरायलमा गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकमबाट कनकाई मावि सुरुङ्गामा अध्ययनरत् ...

मुसहर बस्तीमा लायन्स लेडी बिर्तामोडको न्यानो कम्बल

न्यूज सञ्जाल २२ मंसिर २०७६, आईतवार ०९:३३

बिर्तामोड । बिर्तामोड ३ र १० का बिपन्न मुसहरहरुलाई जाडो छल्नका लागि लायन्स क्लब अफ बिर्तामोड लेडीले कम्बल बितरण गरेको छ । शनिबार मुसहर बस्तीमै पुगेर क्लबले मुसहरका २३ परिवारलाई एक÷एक थान कम्बल बितरण गरेको हो । अधिकांश महिला र ...

बिर्तामोडको रेखा पुल नजिकै पिकनिक बस दुर्घटनामा १३ घाइते

न्यूज सञ्जाल २१ मंसिर २०७६, शनिबार ०८:२०

झापा । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना. ६ ख ६१८१ नम्वरको बस दुर्घटनमा परेको हो । ...

अर्जुनधारा जेसीज सप्ताह सुरु

न्यूज सञ्जाल २० मंसिर २०७६, शुक्रबार ०७:४३

अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेले बिहीबारबाट जेसीज सप्ताह सुरु गरेको छ । सप्ताह कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतमले नेतृत्व निर्माण गर्न अग्रसर जेसीज युवाहरुको लागि बलियो संस्था भएको बताए ...

भिरबाट लडेर धनकुटामा एकको मृत्यु

न्यूज सञ्जाल १७ मंसिर २०७६, मंगलवार १२:४७

धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिका-६ मुंगालीगाउँ बस्ने ५२ वर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ। आइतबार राति साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार बेलुकासम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा मंगलबार बिहान छुम्लिङ भिर मुनी मृत ...

संग्रहालय निर्माण गर्न होक्सेमा महापुराण गरिँदै

न्यूज सञ्जाल १६ मंसिर २०७६, सोमबार ०८:५६

झापा । झापाको बुद्धशान्ति १ होक्सेस्थित ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा पुर्वजहरुले प्रयोग गरेका विभिन्न ऐतिहासिक वस्तुहरुको संरक्षण गर्न निर्माणाधिन संग्रहालय भवनलाई पूर्णता दिन ब्रह्माण्ड महापुराण लगाइने भएको छ । यही मंसिर २० गतेदेखि २६ गतेसम्म लाग्ने श्री ब्रह्माण्ड ...

पाथीभरामा लाखभन्दा बढी तीर्थयात्री

न्यूज सञ्जाल १६ मंसिर २०७६, सोमबार ०८:४२

ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरामा बैशाखयता १ लाख ६ हजार ६ सय १३ जना तीर्थयात्री पुगेका छन । पाथीभरा क्षेत्रको माथिल्लो फेदी अस्थायी प्रहरी चौकिका अनुसार सबैभन्दा बढी कात्तिकमा गएका हुन् । प्रहरी इन्चार्ज धनराज तुम्वापा लिम्वूले ...

पूर्वमिस नेपालहरूको महिनावारी अनुभव

न्यूज सञ्जाल १६ मंसिर २०७६, सोमबार ०८:२३

काठमाडौँ । महिनावारी लुकाउने कुरा हो कि खुलेर बहस गर्ने कुरा हो । यसबारेमा सहरका किशोरी समुदाय अझै अन्यौलमा छन् । सुदूरपश्चिमको अछाम र डोटी लगायतका क्षेत्रमा महिनावारी अझै कडा छुवाछूतको विषय मानिन्छ । शनिबार राजधानीमा भने पूर्वमिस नेपालहरू महिनावारीबारे ...

सिंहवाहिनी शक्तिपीठमा पद्म महापुराण शुरु

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार १७:१६

अर्जुनधारा । झापाको अर्जुनधारा-४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा १८औं वार्षिक अनुष्ठानकोरुपमा आइतबारदेखि पद्म महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ । शक्तिपीठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित महापुराणको प्रमुख अतिथि अर्जुनधारा-४ वडा समितिका अध्यक्ष दुर्गाप्रसाद दाहालले ...

दुर्घटनामा एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार ०८:५६

सुनसरी । शनिबार राति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित छ जनाको मृत्यु भएको छ। विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को. १ त ...

1 647 648 649 650 651 751
×