भन्सारले लिलाम नगर्दा करोडौँ मूल्यका गाडी कबाडी बन्दै
पार्थ मण्डल, झापा । मन्त्री, जनप्रतिनिधि र सरकारी अधिकारीले महँगा गाडी खरिद गरेर चढ्ने होडबाजी देशभर चलेको छ। उनीहरूले राज्यको ढुकुटी रित्याएर महँगा गाडी खरिद गरिरहेको बेला सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका गाडीहरू चाहिँ कबाडी बन्दै गएका ...