जयपुरमा ग्लोबल आइएमइको शाखारहित बैंकिङ सेवा
झापा । बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुर बजारमा शुक्रबारदेखि ग्लोबल आइएमइको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । ग्लोबल आइएमइ बैंक बिर्तामोड शाखाका प्रबन्धक पवनकुमार पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति २ नम्बर वडा अध्यक्ष दिलिप श्रेष्ठले उद्घाटन गरेका हुन् । ...