अमेरिकाको सुखद् अन्त्यसँगै सकियो टोकियो ओलम्पिक
टोकियो । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा सुरुबाटै चीनले अग्रता लियो । उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५औं दिनसम्म उसलाई कसैले उछिन्न सकेको थिएन । चीनले ३८ स्वर्णसहित शीर्षस्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबारको प्रतिस्पर्धा थालेको थियो । ...