आज उधौली पर्व मनाइँदै

न्यूज सञ्जाल १५ पुष २०७७, बुधबार ०७:४५

झापा । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज राई जातिको उधौली, साकेला, लिम्बूहरूको चासोक तङ्नाम, याक्खाको चासुवा र सुनुवारको फोलस्यादर धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली ...

पत्रकार न्यौपानेलाई सुशासन पत्रकारिता पुरस्कार’

न्यूज सञ्जाल १४ पुष २०७७, मंगलवार ११:२०

झापा । नेपाल निजामती कर्मचारी संगठन झापाले ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपानेलाई पुरस्कृत गरेको छ । एपीवान टेलिभिजनका झापा व्युरो प्रमुख समेत रहेका न्यौपानेलाई जिल्ला समन्वय समिति झापामा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ...

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

न्यूज सञ्जाल १४ पुष २०७७, मंगलवार १०:३७

ताप्लेजुङ । यहाँस्थित पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ। आज बिहान कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोक्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा त्यहाँ पुगेका छन्। कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा ...

बिर्तामोडको अटो ग्यारेज आगलागीमा डेढ करोडको क्षति

न्यूज सञ्जाल १४ पुष २०७७, मंगलवार ०९:०१

बिर्तामोड । बिर्तामोडको भद्रपुररोडमा रहेको अटो ग्यारेजमा हिजो बेलुका साँझ आगलागीमा डेढ करोडको धनमाल जलेर क्षति भएको छ । बिर्तामोड-४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी अटो ग्यारेजमा हिजो साँझ आगलागी भएको थियो । आगलागीबाट नयाँ अटो, मर्मतका लागि ...

सुधार भएन इलामको राजदुवाली-भन्ज्याङ सडक खण्ड

न्यूज सञ्जाल १४ पुष २०७७, मंगलवार ०८:४३

इलाम । मेची राजमार्गअन्र्तगत इलाम खण्डका विभिन्न स्थानमा सडक भत्किएर जीर्ण बनेका छन् । करोडौं लगानी गरेर बनाइएका सडक क्षतिग्रस्त भएर सवारी साधन मात्र नभइ यात्रुले पनि समस्या भोग्नु परेको छ भने पटक पटक भएको लगानीले पनि सडकको अवस्था सुधार ...

हेलिकोप्टरको प्रयोगपछि पाथीभरा मन्दिर क्षेत्र सुरक्षित

न्यूज सञ्जाल १४ पुष २०७७, मंगलवार ०८:३१

ताप्लेजुङ । यहाँस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकोप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र ...

इलाममा रेड पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

न्यूज सञ्जाल १३ पुष २०७७, सोमबार १७:४७

इलाम। सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन ...

आगो पाथीभरा मन्दिर क्षेत्रमै पुग्यो, पाँच दिनदेखिको डढेलो नियन्त्रण बाहिर

न्यूज सञ्जाल १३ पुष २०७७, सोमबार १५:३९

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा पाँच दिनदेखि लागेको आगलागीले अझै ठुलो रुप लिएको छ । आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगो आज विहान मन्दिर परिसरमा नै पुगेको छ । आगो आज विहान एक्कासी बढेर मन्दिर परिसरमा ...

पाथिभरा मन्दिर छेउको डढेलो अझै नियन्त्रणमा आएन

न्यूज सञ्जाल १२ पुष २०७७, आईतवार १७:०५

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । फुङलिङ नगरपालिका-११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट सल्किएको आगो वन क्षेत्रमा फैलिरहेको छ । हिजो दिनभर स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सेना र शसस्त्र ...

मिर्गौला पीडित राजेशलाई २५ हजार सहयोग

न्यूज सञ्जाल १० पुष २०७७, शुक्रबार १७:१५

अर्जुनधारा । दुवै मिर्गौला पीडित राजेश सुन्दासलाई स्वास्थ्य उपचारका लागि नगद २५ हजार सहयोग उपलब्ध भएको छ । अर्जुनधारा ७ निवासी सुन्दासलाई सहयोगीबाट संकलित रकम उपलब्ध गराइएको हो । उपचारमा समस्या आएपछि राजेश सुन्दास बचाउ अभियानअन्तर्गतको आर्थिक संकलन समितिले संकलन ...

1 … 459 460 461 462 463 … 769
×