सताक्षी महोत्सवमा मंगलबारदेखि वाइफाइ फ्रि
झिलझिले । उपभोक्ताले मोबाइल सेवासमेत नपाएको झापाको सताक्षीधाममा पहिलो पटक मंगलबारदेखि इन्टरनेट सेवा पुगेको छ । शिवसताक्षी नगरपालिका र इन्टरनेट सेवा प्रदायक निजी कम्पनी युनिफाइड कम्युनिकेशन प्रालिको संयुक्त प्रयासमा धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा पहिलोपटक इन्टरनेट सेवा विस्तार भएको हो ...