नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु !

न्यूज सञ्जाल १९ बैशाख २०७६, बिहीबार १३:२९

काठमाण्डौ / बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको ...

चक्रवात फानीको प्रभावले आज हिमपातसहित हुरीबतास चल्ने

न्यूज सञ्जाल १९ बैशाख २०७६, बिहीबार १०:०९

काठमाडौँ । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने ...

कनकाई नगर प्रमुखको तलब मजदूरलाई !

न्यूज सञ्जाल १८ बैशाख २०७६, बुधबार २०:४३

सुरुंगा । झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो एक वर्षको तलब भत्ता मजदुरलाई दिएका छन्। १३० औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पार्दै प्रमुख पोखरेलले एक वर्षको ३ लाख २५ हजार चार सय ६० रुपैँया तलब बापतको रकम बुधबार स्थानीय मजदुरलाई ...

देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा, कहाँ कति क्षति ?

न्यूज सञ्जाल १८ बैशाख २०७६, बुधबार २०:३४

काठमाडौं / काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ। स्थानीय वायु सक्रिय हुँदा र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ। पर्वत, गोरखा, पोखरा, चितवन, धादिङ, नुवाकोट लगायतका ...

झापामा बन्ने भो बहिरा आवासीय विद्यालय

न्यूज सञ्जाल १८ बैशाख २०७६, बुधबार १४:३८

बिर्तामोड। झापालाई साक्षर जिल्ला घोषणा गरेसँगै शिक्षा क्षेत्रका अगुवाहरुको पहलमा झापा बहिरा आवासीय विद्यालय बन्ने भएको छ । कनकाई नगरपालिकाले जिल्लाकै नमूना बहिरा विद्यालय बनाउनका लागि कनकाई–८मा जग्गा उपलब्ध गराएसँगै अब जिल्लाभरका सबै बहिरा विद्यार्थीहरुले एकै स्थानमा बसेर उच्च शिक्षा ...

आज देशभर सार्वजनिक बिदा

न्यूज सञ्जाल १८ बैशाख २०७६, बुधबार ०८:५७

काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको हो । आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी ...

माकुरा समूहले मिलायो ५५ वर्ष पुरानो जग्गा विवाद

न्यूज सञ्जाल १८ बैशाख २०७६, बुधबार ०८:४७

झापा । जग्गा धनी र जोतभोग गर्दै आएका किसानबीचको ५५ वर्ष लामो समयदेखि चल्दै आएको मुद्दा स्थानीयस्तरमै समाधान भएको छ । साविक झापा शनिश्चरे ६ मा पर्ने १८ घरे र ऐलानी टोलका समुदायबीच मुद्दा चल्दै आएको थियो । मुद्दा बढेर ...

मकालु आधार शिविरमा ‘यति’ को पाइला !

न्यूज सञ्जाल १७ बैशाख २०७६, मंगलवार १४:२५

काठमाडौं । नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी भारतीय सेनाले गरेको छ । आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पनि ...

ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त

न्यूज सञ्जाल १७ बैशाख २०७६, मंगलवार १४:०९

काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित ...

कैदलेमा भुटानी शरणार्थी स्मृति वाटिका धमाधम

न्यूज सञ्जाल १७ बैशाख २०७६, मंगलवार ०८:१६

अमित खम्बू अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह खण्ड–५को कैदलेमा शरणार्थी स्मृती पुष्प वन वाटिका निर्माणको काम धमाधम भइरहेको छ । शरणार्थीहरुको स्मृतिमा पर्यापर्यटन कार्यविधि २०७५ लाई कार्यान्वयन गर्दै वनमैत्री वातावरणको कैदले पर्यापर्यटन प्रवद्र्धन कार्यक्रमअन्र्तगत डेढ ...

1 736 737 738 739 740 760
×