त्रिशुलीमा बस खस्दा ३ को मृत्यु, १२ को उद्दार, २५ बेपत्ता

न्यूज सञ्जाल २४ श्रावण २०७६, शुक्रबार ०७:३७

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ-३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । १२ जनाको उद्धार गरिएको छ । २५ अझै बेपत्ता छन् । ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ...

हावाहुरीले इलामको ग्रामीण विद्युतमा क्षति

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार २१:०४

इलाम । इलाममा विगत दूई दिन देखिको हावाहुरीले बितण्डा नै मच्चाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी विद्युतिय प्रशारण लाइन र वितरण लाइनमा अवरोधका साथै क्षति समेत पुर्याएको छ । हावाहुरीले ३३ केभि क्षमताको प्रशारण लाइन र ग्रामीण क्षेत्रका विद्युतिय ...

मेचीनगरकी उपमेयर उप्रेतीलाई पितृ शोक

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार २०:१२

झापा- मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल (उप्रेती) लाई पितृ शोक परेको छ । उपप्रमुख उप्रेतीको ८८ बर्षीय बुवा रुद्रप्रसाद पोख्रेलको बिहीबार अपरान्ह निधन भएको हो । बिराटनगर उपमहानगरपालिका वडा नम्बर १३ निवासी पोख्रेल लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित बनेका थिए ...

दमक लायन्सको पहलमा खुल्यो कपडा बैंक

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार २०:०४

दमक । देशका विभिन्न स्थानमा विपन्न समुदायका लागि लक्षित गरी कपडा बैंक स्थापना हुने क्रम चलिरहेको बेला झापाको दमकमा पनि यस्तै बैंकको सुरुवात गरिएको छ । यसैक्रममा लायन्स क्लब अफ दमक युनिकले जिल्लामा नै पहिलो पटक दमकमा कपडा बैंक आजदेखि ...

वीपीमा रुखले किचेर दुई घाइते

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार १९:३०

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जनाए । उनका अनुसार घाइते हुनेमा ...

नदी कटानले टापु बन्यो होक्लाबारी !

न्यूज सञ्जाल २३ श्रावण २०७६, बिहीबार ०८:१८

झापा । झापाको गौरीगञ्ज १ स्थित होक्लाबारी वस्ती दुई नदीको कटानका कारण टापुमा परिणत भएको छ। हरेक वर्ष कटान हुँदै आएको यस वस्ती अझै पनि उच्च जोखिममा रहेको स्थानीय बताउँछन्। वर्षायाममा यहाँ अन्य क्षेत्रमा आवत जावत गर्नसमेत समस्या हुने गरेकोले ...

यायोक्खा दिवसमा बिर्तामोड भवनलाई सहयोग

न्यूज सञ्जाल २२ श्रावण २०७६, बुधबार २१:२३

झापा । किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिले यायोक्खाको ३२औँ स्थापना दिवसका अवसरमा साकेला थानमा दीप प्रज्वलन गरी मनाएको छ । बुधबार साँझ बिर्तामोड ५ स्थित यायोक्खाको कार्यालय परिसरमा रहेको साकेला थानमा किरात राई समुदायको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ...

राजमार्गसँग जोडिएको शिवसताक्षीका अधिकांश सडक कालोपत्रे

न्यूज सञ्जाल २२ श्रावण २०७६, बुधबार २०:५९

झिलझिले । कनकाई पुल पश्चिम कमल खोलाबीचको ११ किलोमिटर राजमार्गसँग जोडिएका शिवसताक्षीका १२ वटा भित्री सडक कालोपत्रे गरिएका छन् । स्थानीय शिवसताक्षी नगरपालिका, १ नम्बर प्रदेश सरकार र संघीय सरकारको लगानीमा एसियन राजमार्गसँग जोडिएका शिवसताक्षी नगरका भित्री सडक कालोपत्रे गरिएको हो ...

स्रष्टाकै गृह नगरमा अश्वत्थमाको चर्चा

न्यूज सञ्जाल २२ श्रावण २०७६, बुधबार २०:०२

अर्जुनधारा । साहित्यकार तथा सञ्चारकर्मी कुमार भट्टराईद्वारा लिखित उपन्यास अश्वत्थमाको बुधबार गृह नगरमा चर्चा गरिएको छ । उनी अर्जुनधारा ८ निवासी हुन् । अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आयोजनामा धामको श्रवण हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनको उपन्यासको चर्चा गरिएको हो ...

बुधबार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल २२ श्रावण २०७६, बुधबार १०:२३

काठमाण्डौ । बुधबार देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरेको तथा बंगालको खाडी नजिकै बनेको न्यूनचापीय क्षेत्रको असरले बुधबार देशका केही ठाउँमा ...

1 679 680 681 682 683 751
×