लकडाउनकै बेला झापाका चिया बगान खुला !
बिर्तामोड । लक डाउन जारी रहेकै बेलामा झापाका चिया बगान तथा प्रशोधन कारखाना सुचालु गर्ने निर्णय भएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चिया बगान र प्रशोधन कारखानाको काम नियमित गर्ने निर्णय गरेको हो ...